अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ ४ गते।
अफगानिस्तानका दुई महिला न्यायाधीशको गोली हानी हत्या भएको छ।
उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको अदालतका एक प्रवक्ताले समाचार संस्था एएफपीलाई बताए।
सञ्चारकर्मी, अधिकारवादी र राजनीतिक व्यक्तित्वहरूप्रति लक्षित गरी पछिल्ला केही महिनाहरूमा शृङ्ख्लाबद्ध रूपमा गरिएका हत्यामध्ये यो पछिल्लो घटना हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ गरिएका अमेरिकी सेनाको सङ्ख्या घटाइरहेका बेला पछिल्ला आक्रमण भइरहेका छन्।