पश्चिम नवलपरासीमा २ लाख ४६ हजार मुल्य बराबरको खसी र अवैध कुखुरा बरामद

अनलाईन न्युजपाटी उर्मिला यादव,नवलपरासी,समाचारदाता,माघ ८ गते।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट बुधबार  २ लाख ४६ हजार ४ सय मुल्य  बराबरको खसी र  बोईलर कुखुरा बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार  भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा खसी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं. ७ मोजरहियाबाट बरामद गरेको छ  । उक्त खसी मानिसले डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि खसी छोडि मानिस भगेको प्रहरीले जनाएको छ ।

 उक्त खसीको प्रति गोटा २० हजारका दरले करीब  २ लाख मुल्य बराबर रहेको छ भने बरामद खसी आवश्यक कारवाहीको लागि बुधबार नै  महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ । त्यस्तै गरी जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ११६ गोटा करीब  २ सय ३२ के.जी. जिउदो बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. १० नौडीहवाबाट बरामद गरेको जनाएको छ ।

बरामद कुखुराको  मुल्य ४६ हजार ४ सय मुल्य बराबर रहेको छ ।

उक्त कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *