कोरोनाविरुद्धको १० लाख डोज खोप भारत सरकारले नेपाललाई उपलब्ध गरायो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ७ गते।

भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले उक्त जानकारी दिएका हुन् ।

उक्त खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने उनले जानकारी दिए । यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो ।  

पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *