पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज कैलालीको टीकापुर आउदै

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ ७ गते।

संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बुधवार कैलालीको टीकापुर आउने  भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाले आज सबै जिल्लामा जनसभा गर्दैछ । नेता भट्टराईले कैलालीको टीकापुरमा हुने जनसभामा सहभागिता जनाउने छन् ।

भट्टराईले प्रतिगमनविरुद्ध हुने जनसभामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

उनले फेसबूकमा लेखेका छन्, ‘ओली प्रतिगमनविरुद्ध आज (माघ ७ गते) सबै जिल्लाहरूमा हुने जसपाको जनसभामा सहभागी बनौं । म कैलालीको टीकापुरमा हुने जनसभामा सहभागी हुनेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *