रुकुम पश्चिममा कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताबीच झडप भएपछि निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ७ गते।

रुकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताबीच झडप भएको छ ।

कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको थियो ।

मंगलबार साँझ ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३ क) कफ्र्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *