कोरोनाविरुद्धको भ्याक्सिन भारतमा निर्माण गर्ने कम्पनीमा आगलागी

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ ८ गते।

अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा निर्माण गर्ने कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो।

आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

अक्सफोर्ड-एस्ट्राजेनेकाको भ्याक्सिन भारतमा सिरमले नै बनाउने अनुमति पाएको थियो।

भारतमा भ्याक्सिन लगाउन सुरु गर्दा सिरमबाट उत्पादित खोप कोभिसिल्ड प्रयोग गरिएको हो।  सिरमले उत्पादन गरेको खोपको पहिलो खोप नै देशभरि पठाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *