लागुऔषध ब्राउनसुगर सहित झापाबाट एक युवक पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ८ गते।

झापा कमल गाँउपालिका -६ का २० बर्षीय नवराज भट्टराई लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन ।

उनलाई मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा पश्चात उनि सँग चेक जाँच गर्दा गुप्ताङमा लुकाई छिपाई राखिएको अवस्थामा २० ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *