नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ९ गते।

नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन  गर्ने भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहले आज विभिन्न ठाउँबाट विरोध जुलुस निकाली रत्नपार्कमा सभा आयोजना गर्ने गरेको छ । राजधानीका ९ ठाउँबाट विरोध जुलुस निकाल्ने तयारी प्रचण्ड–नेपाल समूहको रहेको छ ।

विरोध जुलुस र सभामा सहभागी गराउनेका लागि काठमाडौं उपत्यका आसपासका जिल्लाबाट समेत नेता, कार्यकर्ताहरुलाई बोलाइएको छ  सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *