अनलाईन न्युजपाटी सिरहा,समाचारदाता,माघ ९ गते।
ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध सहित प्रहरीले सिरहाबाट दुई जना युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट डिलक्स डिसी ३४ बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नोफिन इन्जेक्सन ४५ थान, फेनारगन ४५ थान, स्पासप्रोक्सन ४८ थान, नाइट्रोभेट ट्याब्लेट एक हजार ४९७ थान लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।
स ७ प ५७१२ र स १० प ५५२२ नम्बरको मोटरसाइकलमा गोलबजार बाट लहान तर्फ लाँदै गर्दा प्रहरी टोलीले गोलबजार– ३ स्थित गागन खोलाबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटना सम्बनधमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।