पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु

अनलाईन न्युजपाटी पोखरा,समाचारदाता,माघ ९ गते।

पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए ।

उहाँमा मृगौलको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको बताइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *