अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ १२ गते।
बझाङमा मोटरसाइकल दुर्घटना हुदा एकजना गम्भीर घाएते भएका छन् ।
आइतबार बेलुकी जिल्लाको बुङ्गल नगरपालिका ३ को गुगल बागथला कच्ची सडकखण्डमा से १ ब ११२५ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
चालक बुङ्गल नगरपालिका १ दहबगरका ३३ वर्षीय शिवराज जोशीको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बागथलाबाट गुगलतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । मोटरसाइकल सडकभन्दा २ मिटर तल र चालक जोशी भीरबाट २ सय मिटर तल खसेका थिए ।