भारतमा गणतन्त्र दिवसको अवसरमा दिल्ली प्रवेश गर्न खोज्ने आन्दोलनरत किसान र प्रहरीबीच भिडन्त

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ १३ गते।

भारतमा किसान र प्रहरीबीच भिडन्त भएको छ ।

गणतन्त्र दिवसको अवसरमा दिल्ली प्रवेश गर्न खोज्ने दशौँ हजारको सङ्ख्यामा रहेका आन्दोलनरत किसानहरूको प्रहरीसँग भिडन्त भएको हो । । त्यहाँ किसानहरू ट्याक्टर र्‍यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका छन्।

केही स्थानमा त्यहाँका किसानहरुले प्रहरीले बन्द गरेका बाटोमा प्रवेश गरेका बताइएको छ। महिनौँदेखि सरकारको नीतिको विरोधमा आन्दोलनरत किसानहरूले कानून रद्द गरिनुपर्ने माग राखेर आन्दोलन जारी राखेका हुन्। सरकारले १८ महिनाका लागि उनीहरूले विरोध गरिरहेका कानुनहरू लागू नगर्ने बताएको छ ।

केही स्थानमा किसानहरूले प्रहरीको अवरोध तोड्दा अश्रुग्यास प्रहार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *