लागुऔषध कारोबार गर्ने दुई जना महिला काठमाडौंको रविभवनबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १३ गते।

लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई प्रहरीले काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका-७ की ३७ वर्षीया रिता खड्का र धादिङ थाक्रे गाउँपालिका-९ की २९ वर्षीय अमृता तामाङ छन्। उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको हो।

सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतका अनुसार रिताबाट सुरूमा ३ सय १२ ग्राम र अमृताबाट ४०४ ग्राम गाँजा र ५ हजार बरामद गरेको थियो।

अमृता तामाङ सुत्ने खाटमुनिबाट प्रहरीले थप लागुऔषध गाँजा ६ किलो ९० ग्राम बरामद गरेको थियो। साथै, ६ लाख ५७ रुपैयाँ समेत बरामद गरेको थियो।

उनीहरूबाट प्रहरीले जम्मा ६ किलो ८१६ ग्राम गाँजा र ६ लाख ६२ हजार रुपैयाँ बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *