पर्सा प्रहरीले तस्करीमा कडाई गरेपछि बाराको बलिरामपुर , मुशहर्वा नाकावाट गाई , भैसी र कपडा ब्यापकरुपमा तस्करी शुरु

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, माघ ३० गते।

पर्सा प्रहरीले तस्करीमा कडाई गरेपछी अहिले बाराको मुशहर्वा वलिामपुर, बरैनिया, छतवा, नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा ब्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

अहिले केहि दिन पहिला आउनुभएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पाण्डेको कमाणडमा रहेको टोलीले पर्सामा कडाई गरेपछि  तस्करहरु पर्सा नाका छाडेर बाराको बिभिन्न नाकाहरुबाट तस्करी गर्दै आएको स्थानियहरुले यस अनलाईन न्युजपाटीलाई बताएकाछन । 

तस्करहरुले अहिले बाराको मुशहर्वामा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीका प्रहरीहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा लत्ता कपडा  , हाडयेवर , जुता , गाई भैसी  भित्रयाउने गरेकाछन । प्राप्त समाचार अनुसार हिजो राति बलिरामपुर  र मुशहर्वाको केहि व्यापारीहरुले १०० गोटा सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रति गाई , भैसीको ५०० दरले नेपाल   भित्राएको  स्थानियले नाम नछाप्ने शर्तमा  बताएकाछन ।

अहिले बाराको बलिरामपुर मुशहर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , गाई , भैसी  लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा भित्रयाउने गरेपनी बारा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरी रकम बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन ।

बारा जिल्लाको बलिरामपुर , मुसहरवा , छतवा नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा  तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी बाराका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेकाछन ।

बाराको मुशहर्वा,बलिरामपुर नाकाबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ। तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा गाई , भैसी सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , कुखुराको चल्ला , हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पाण्डेले पर्सा जिल्लामा अबैध रुपमा भित्रिने गरेको तस्करीमा कडाई गरेपछि अहिले पर्सा र बारा  जिल्लाका  नामुदत तस्करहरु बाराको बलिरामपुर नाकामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएपछी सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ ।

बाराको बलिरामपुर र मुशर्हवाको, बरैनिया , छतवानाका प्रयोग गरी रातभरी कपडा , हाडयेवर , रंजनिगंधाको , भैसी , चल्ला तस्करी भइरहेपनी सो नाकाको प्रहरीहरुले केही कडाई नगरेपछी सशस्त्र प्रहरी र नेपाल प्रहरी माथी नै प्रश्न चिन्ह खडा भएको छ । बाराको बलीरामपुर मुशहर्वा र भारतका नामुद तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर दैनिक लाखौं रुपैया कपडा , हाडयेवरको  , गाई भैसी तस्करहरुले जितपुरसम्म पुर्‍याउने  गरेको स्थानियहरुले बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *