पर्साको ओरिया खोलाबाट बालुवा निकाल्ने भारतीय तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप

अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,माघ ३० गते।

पर्साको ओरिया खोलाबाट बालुवा निकाल्ने भारतीय तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा पाँच जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।

जगरनाथपुर गाउँपालिका वडा नं. १ पिपलाडी बिसनपुरस्थित ओरिया खोलाबाट भारतीयहरूले अवैध तरिकाबाट बालुवा निकाल्ने कार्यलाई रोक्न खोज्दा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।

झडपमा परेर घाइते भएका ५ जना सशस्त्र प्रहरी जवानमध्ये २ जनालाई गम्भीर चोटपटक लागेको छ। २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय महेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए ।

साथै नियन्त्रणमा लिएका ट्याक्टर पनि भारतीयहरुले खोसेर लगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *