पोखरामा उपचाररत थप ३ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २५ गते।

पोखरामा उपचाररत थप ३ जनाको मृत्यु भएको हो

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ का ४० वर्षीय पुरुषको उपचारको क्रममा मेडिप्लस अस्पताल पोखरमा हिजो बेलुका निधन भएको हो । उहाँलाइै बैशाख ७ गते संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्ला पोखरा महानगरपालिका–१३ का ४८ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको हो । उहाँलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा हिजो बेलुका निधन भएको हो । उहाँलाई हिजो नै संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट थप ३ जनाको निधनपछि गण्डकी प्रदेशमा मृतकको संख्या २५१ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *