कञ्चनपुरमा थपिए एक साता निषेधाज्ञा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ६ गते।

दोस्रो लहरको कोरोना भाइरसको जोखिम कायमै रहेकाले कञ्चनपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा थप एक साता लम्ब्याएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आउँदो जेठ १५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको आदेश जारी गरेका हुन् ।

कञ्चनपुरमा स्थानीय प्रशासनले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *