आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ६ गते।

भारतमा रहेको चक्रवात ताउतेको प्रभावले आज (बिहीबार) पनि देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पनि काठमाडौं उपत्यकालगायत देशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले बिहीबार (आज) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ।

प्रदेश १,  गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा भने भारी (ठूलो) वर्षाको समेत सम्भावना छ। साथै उच्च हिमाली भेगका केही स्थानमा भारी हिमपातरवर्षाका सम्भावना छ।

यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी उच्च हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात, वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *