अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ ८ गते।
नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुखसहित ११ जनाको ज्यान गएको छ ।लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरुको उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा सेनाका प्रमुरख इब्राहिम अत्ताहिरु र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो ।
मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
५४ वर्षका इब्राहिम अत्ताहिरु गएको जनवरीमा सेनाका प्रमुख बनेका थियो । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति दुःख व्यक्त गरेका थिए ।