अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ११ गते।
उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
बैठकले एक साताका लागि थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने निर्णय गरेको छ । तर, सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने निर्णय भएको छ ।
यसअघि भन्दा निषेधाज्ञा कडा पारिएको बैठकले निर्णय गरिएको छ । साथै, निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाही गरिने भनिएको छ ।
अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनले जनाएको छ । यसै गरि त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने छन् ।