अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ १० गते
रसुवामा आज बिहान आएको विनाशकारी बाढीले व्यापक जनधनको क्षति भएको छ ।
रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ ।
बाढीमा घाइते भएकाहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

रसुवा जिल्लामा आएको अप्रत्याशित र भीषण बाढीले निम्त्याएको ठुलो मानवीय तथा भौतिक विनासले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको छ ।
बाढीका कारण रसुवाका सीमावर्ती बजारहरू, टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत तटीय बस्तीहरू नराम्ररी प्रभावित भएका छन् । नदी किनारमा रहेका दर्जनौँ घर, सरकारी कार्यालय, भन्सार विन्दु र जलविद्युत् आयोजनाका भौतिक संरचनाहरू बाढीले बगाएको छ।