चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १३ गते।

नेपाललाई कोरोना भाइरसविरुद्धको थप १० लाख डोज चीनले अनुदान दिने भएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा १० लाख खोप दिने घोषणा गरेको हो ।

टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

यसअघि चीनले नेपाललाई अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको थियो । दोस्रो चरणको कोभिड महामारी शुरु भएपछि अक्सिजन सिलिन्डरसहित विभिन्न सामग्रीहरु पठाएको सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *