रौतहटमा जेठ १९ गतेसम्म फेरी निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १३ गते।

कोरोना संक्रमण नरोकिएपछि रौतहटमा जेठ १९ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले तेस्रोपटक निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी अगामी जेठ १९ गते रातिसम्म तेश्रो पटक निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *