तेल ट्यांकरमा लुकाएर प्रतिबन्धित गाँजा तस्करी गर्ने २ जना बारा पथलैयाबाट पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,जेठ १३ गते।

तेल ट्याङ्करभित्र ठूलो परिमाणमा लागू औषध गाँजासहित प्रहरीले २ जनालाई बारा पथलैयाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्यांकर चालक महोत्तरी बर्दिवास नगरपालिका–८ बस्ने घनश्याम गिरि तथा सहचालक चितवन खैरहनी नगरपालिका–२ बस्ने राजकुमार दवाडी छन्।

उनीहरु ना ४ ख २९७९ नम्बरको ट्याङ्करको चालक र सहचालक हुन् । रातो प्लाष्टिकले बेरेको १९ वटा पोकामा रहेको २ सय १८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैयाबाट ट्याङकरमा लुकाएको गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

महमुद आलमको ग्यारेजमा रोकेर राखिएको ट्याङ्करको चेम्बरमा लुकाएर भारततर्फ लैजान लागिएको गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

ट्याङ्करका चालक घनश्याम गिरी तथा सह-चालक चितवन खैरहनी न.पा २ बस्ने राजकुमार दवाडीसहित ट्याङकरसमेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *