यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १८ गते।

यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने सरकारले निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी झन बढ्दै गएकाले बैठकले सो प्रस्ताव पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

गत वर्षपनि कोरोना महामारीको कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *