अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १८ गते।
करेन्ट लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ ।
परोहा नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीया गुडियादेवी पासवानको मृत्यु भएको हो।
उनको आइतबार साँझ पौने ७ बजे घरबाट उत्तरतर्फ मकैबारीमा लगाइएको बिजुलीको नांगो तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षकका अनुसार खेतमा बिजुलीको नाङ्गो तार लगाउने दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले ६० वर्षीय तीलाई राय यादव र ४८ वर्षीय रामविनय राय यादवलाई पक्राउ गरेको हो। उनीहरूले १२ कठ्ठा जग्गामा रहेको मकैबारी वरिपरि बिजुलीको पोलबाट नांगो तार जडान गरेका थिए।
बिजुलीको पोलबाट नांगो तार जडान गरेर मकैबारीमा घेरा लगाएको बेला सोही तारमा अल्झेकी पासवानको करेन्ट लागेर मृत्यु भएको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षकले बताए ।