१२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि जापानमा कोरोना भाइरस विरुद्धको खोप दिने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ १८ गते।

१२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि जापानले कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले अमेरिकी कम्पनी फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो ।

१६वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै यो खोप दिँदै आइएको थियो । दुई हजार दुई सय ६० बालबालिकामा गरिएको परीक्षणको नतिजा सकारात्मक आएपछि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने अनुमति दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *