प्रहरी निरीक्षक यादवको सक्रियताले अवैध तस्करहरुको निन्दहराम

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,जेठ १९ गते।

ईलाका प्रहरी कार्यालय प्रसौनी नौतन गण्डक बाराका प्रहरी निरीक्षक विन्देश्वर यादवको सक्रियताले गलत कार्य गर्ने विरुद्ध एक्शनमा आउदा आम जनता शान्ती सुरक्षाको अनुभुती गरिरहेका छन भने अवैध कारोबारमा लगाम लागेको छ । 

इलाका प्रहरी कार्यालय प्रसौनी नौतन गण्डकको प्रमुखको रुपमा आएदेखी नै प्रहरी निरिक्षक विन्देश्वर यादवको कुशल कार्य शैलीका कारण त्यस क्षेत्रमा गलत कार्य गर्नेहरुको होस हवास उडेर गएको छ ।

गलत कार्यमा कसैको सिफारीस नसुन्ने, कानुनले वर्जीत गरेका कार्यहरु गर्नेलाई बर्दास्त नगर्ने र कानुनको दायरामा ल्याएर उचीत दण्ड दिलाउने बानीले अहिले उनलाई निडर प्रहरी निरीक्षकको रुपमा चर्चा गर्न थालीएको छ ।  निडर र शाहसी प्रहरी निरिक्षक यादवको कार्य शैली प्रती उनका हाकीमहरुले समेत प्रशंसा गर्ने गरेका छन । आफना एरीया क्षेत्रमा नियमीत कडा निगरानी एवम गस्तीले समाजमा शान्ती सुरक्षा कायम गर्नुका साथै अवैध कारोबारमा संलग्नलाई धमाधम पक्राउ गरि कानुनी दायरामा ल्याउने गरेका छन ।

प्रहरी निरीक्षक यादवले विशेष सुचनाको आधारमा सोमबार मात्रै अवैध रुपमा उत्पादन भईरहेको घरेलु मदिरा बनाउने दुईवटा भटी नष्ट गरेका छन । फेटा गाउपालीका वडा नम्बर १ त्रिवेणी खोलाको छेउमा अवैधरुपमा संचालन भएको मदिरा भटी र प्रसौनी गाउपालीका वडा नम्बर १ ठुलो नौतन गाउको उत्तर पटि रहेको खाली चौरमा संचालनमा रहेको अवैध मदिरा उत्पादन गर्ने भटिहरुलाई नष्ट गरिएको हो ।

इलाका प्रहरी कार्यालय प्रसौनी नौतन गण्डक बाराबाट प्रहरी नावय निरीक्षक श्यामबाबु यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले भटी नष्ट गर्ने क्रममा मदिरा बनाउन प्रयोग गरिने ३ हजार लिटर कच्चा पदार्थ,तयारी अवस्थामा रहेको ३ सय ५० लिटर मदिरा, ७ वटा ड्रम, २ वटा ठुलो ड्रम नष्ट गरिएको छ भने मदिरा बनाउन प्रयोग गरिने मेशिन १ थान बरामद गरिएको प्रहरी निरीक्षक यादवले बताए ।

आफ्नो एरीया भित्र कानुनले निषेध गरेका कुनै पनि गैरकानुनी कार्यलाई बढावा नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *