अनलाईन न्युजपाटी,नवलपरासी,समाचारदाता,जेठ १९ गते।
नवलपरासीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ ।
देवचुली नगरपालिका २ स्थित रजरमा रहेको उद्योगको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो ।
आज बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ ।
आगलागी नियन्त्रणका लागि चितवनको भरतपुरबाट गएको नेपाली सेना, कावासोती नगरपालिका र चितवनको खैरहनी नगरपालिकाको वारुणयन्त्रले प्रयास गरिरहेको प्रहरीले बताए ।
आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।