अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३१ गते।
कोरोना संक्रमणका कारण मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनाअनुसार थप साता दिनको लागि निषेधाज्ञा बढाइएको हो ।
केही खुकुलो प्रावधानसहित थप भएको निषेधाज्ञा सम्बन्धी सूचनामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक विक्रीवितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरू बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ । बिहानदेखि वर्कसपहरू प्नि खोल्न दिइने छ ।
सरकारी कर्मचारीहरूले कार्यालय आउन र कार्यालय समयपश्चात् घर फर्किन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी जान सक्ने छन् । दुध तथा दुधजन्य पदार्थ विक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने पाइने सूचनामा उल्लेख छ ।