स्वास्थ सामाग्री वितरण गर्न राहत अभियन्ता महतो घर-घर पुग्दै

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, असार१ गते।

 राहत अभियन्ता गुनान्द महतोका एक समुहले दिन दुखीहरुलाई राहत गर्न लगेका हुन्।”सके सहयोग गरौ नसके घरमै बसौ मुलनाराको साथ कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियानका संयोजक गुनानन्द महतोको अगुवाईमा अभियानका टोलि सङ्ग शनिबार सुनसरीको भोक्राहा ढोकको गाउँ बस्तिमा स्वास्थ सामाग्री सहित खाने सामाग्री लिएर गरिब तथा अति बिपन्न परिवारमा पुगे स्वास्थ सामाग्री माक्स ,सेनिटाईजर र साबुन अनि खाने सामाग्री हरु च्युरा ,चाउचाउ ,बिस्कुट सहितको सामाग्रीहरु स्थानीयको सहयोगमा करिब ५० भन्दा बढी अति बिपन्न परिवारमा बितरण गरियो भन्ने जानकारी अभियान का सदस्य तथा महा अभियन्ता रामनारायण मेहताले जानकारी गराउनुभयो ।

अभियानमा समलग्न महा अभियान का सल्लाहकार तथा कुशवाहा समाजका ग.पा. अध्यक्ष मधुलाल मेहताका अनुसार अहिले को विषम परिस्थितिमा मा सरकार द्वारा कुनै सहयोग नआएको हुदा यश गाउँ पालिकाको अति बिपन्न परिवार निरास भएको बेला कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियानले सानै सहयोग गरेता पनि अति बिपन्न परिवार खुसी भएका छन। जनचेतना मुलक कार्यक्रम र राहत सामाग्री पाउँदा स्थानीय हरु ले सबै अभियन्ता हरु र कुशवाहा समाज लाई धन्यवाद दिएको कुरा कुशवाहा समाज का वाडा अध्यक्ष जय प्रकाश मेहताले जानकारी दिनुभयो ।

उक्त माहाअभियान मा सन्योजक गुनानन्द महतो ,सदस्य हरु रामनारायण मेहता, बब्लु मेहता सुरेश मेहता, सिभकुमार मेहता , अर्जुन मेहता, पवन मेहता , कुशवाहा समाजका गपा अध्यक्ष मधुलाल मेहता ,समाज का वडा अध्यक्ष जय प्रकाश मेहता सचिब डि एन मेहता लगायत विद्यार्थी समाजका गाउँ पालिकाको अध्यक्ष उमेश मेहता समेतको उपस्थित थियो भन्ने कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान का सन्योजक महतोले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *