पर्सामा ६५ केजि लागूऔषध गाजा सहित ट्रक चालक र ट्रक पक्राउ

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,असार २ गते।

प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुक्त प्रहरी टोलिले ६५ के.जि. अवैध लागूऔषध गाजा सहित ट्रक चालकलाई  नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरि गाउँपालिका वडा नम्बर ६ नयाँबस्ती बस्ने ५१ वर्षको ट्रक चालक  रामकुमार मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय पर्साले  बताएको छ ।

बिशेष सुचनाको अधारमा प्रहरीले  महानगरपालिका, वडा नम्बर १८, भवानीपुरको  सडकछेउ मा रोकिराखेको बा  -०१-००६ ख १८२८ नम्बरको ट्रक को सिट मुनि लुकाई छिपाई राखेको  ४ बन्डल लागू औषध गाजा ६५ केजि ट्रकको क्याबिनभित्र  बाट चेकजाँच को क्रममा फेला परेको हो । र साथै ट्रकका   ट्रक चालक राम कुमार मोक्तानलाई पनि  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  खनालले बताएका छन  ।

पक्राउ परेको  ट्रक र चालक राम कुमार मोक्तानलाइ लागुऔषध सम्बन्धी कसूरको  अनुसन्धान भई रहेको  पर्सा प्रहरीका प्रवक्ता खनालले बताएकाछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *