मुख्यमन्त्री राउत द्धारा प्रदेश हरित अभियानको शुभारम्भ, प्रदेशमा साढे १४ लाख विरुवा रोपिदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार १४ गते।

आज प्रदेश हरित अभियानको एक कार्यक्रम विच मुख्यमन्त्री लालबाबु राउतले शुभारम्भ गर्नु भएको छ ।

डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं-४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रम बाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गर्नु भएको छ।  मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ। 

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियान अन्तर्गत आठ वटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा। राम चन्द्र कडेलले जानकारी दिएका छन ।  अभियानको शुभारम्भका लागी आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुग्नु भएको छ । 

अभियानको शुभारम्भ सप्तरीमा समाजिक विकास मन्त्री नवल किशोर साह, सिरहामा अर्थमन्त्री विजय कुमार यादव , महोत्तरीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय , महिला वालवालिका तथा खेलकुद मन्त्री विरेन्द्र कुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव, पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गर्नु भ एको छ ।

धनुषाको पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मिथिला नपाका मेयर हरिनारायण महतो, वन सचिव डा. कडेल सहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *