अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १४ गते।
काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात जोरविजोर प्रणालीमा चल्ने भएको छ ।
सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि साधन जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको जानकारी दिए । ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन ।
यसअघि निजी सवारीसाधन जोरविजोर प्रणालीमा खुल्ला गरिसकिएको छ ।