म्याग्दीमा बुधबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १७ गते।

म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मंगला गाउँपालिका वडा नं. २ सिमलचौरदेखि वडा नम्बर १ पुर्ण गाउँ जाने क्रममा वडा नम्बर २ को मिथौमा ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना भएको हो । त्यस क्रममा मंगला- १ का १३ वर्षीय विमल विक र बेनी नगरपालिका- ५ की २० वर्षीया सबिना भण्डारीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारीले जानकारी दिए ।

जीपमा ८ जना सवार थिए । तीमध्ये ६ जना घाइते भएका हुन् । जसमा वर्ष २५ का सुजन आचार्य,  वर्ष २६ की एन्जिला भण्डारी, वर्ष २३ का चालक अनिल रसाइली, वर्ष ८की एडीना नेपाली, वर्ष ३५ की गीता खत्री र वर्ष ३५ की अमृता राम्जाली घाइते भएका छन् ।

जिप गएराति सवा आठ बजेतिर सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए ।

दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *