अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,असार २३ गते।
प्रहरीले रेड पाण्डाको छालासहित दुई जनालाई कैलालीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहागरपालिका–४ बोराडाडीस्थित पण्डित वर्कशपका सञ्चालक भारतको लखिमपुरका ४१ वर्षीय गगनदेव पण्डित र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का ३८ वर्षीय मुकेश भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।
दुलर्भ रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई वर्कशपबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइने प्रहरीले जनाएको छ ।