पर्वतको कुश्मामा पर्ने सुन्दरे खोलाले जीप बगाउँदा तीनजना बेपत्ता

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २३ गते।

पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् ।

मंगलबार राति परेको भारी वर्षापछि बढेको सुन्दरे खोला तर्न लाग्दा गाडिसहित बेपत्ता भएका तीनजनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहनुभएको छ । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षकले जानकारी दिनुभयो

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बाढीले तीन वटा घर पनि बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *