तस्करीको उदेश्यले ल्याएको भैसी सशस्त्र प्रहरीले नियन्त्रण लिएपछि तस्करहरुले छुटाउन नक्कली सिफारिस हेराउदै

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,असार २३ गते।

सशस्त्र प्रहरी बल ( बिओपी ) अलौले अवैधरुपमा ल्याएको ४ वटा भैसी पक्राउ गरेको छ।

पर्साको ग्रामीण भेगवाट नाकाहरुवाट तस्करीको उधेशयले अवैध रुपले भारतवाट नेपाल तर्फ भित्राएको ४ वटाभैसी  सशस्त्र प्रहरी बल (बिओपी) अलौले पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल (बिओपी) अलौका प्रमुख एवम सशस्त्र  प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमाणडमा खटिएको टोलीले  वीरगंज महानंगरपालीका वडा १७ अलौवाट ४ वटा भैसी नियन्त्रणमा लिएको छ।

भैसी छोडाउन तस्कर समुहरुले वडा कार्यालय १७ वाट आफ्नो नाऊको सिफारिस गरि प्रति दिन ४ देखि १० गोटा सम्म रातिको समयमा भारतको भलुवाहा नाकावाट तस्करीको उधेशयले आज राति करिब १ बजेको समयमा   भित्राईरहेको ४ वटा भैसी नियन्त्रण लिएपछि तस्कर समुहरुले रातिदेखि नै सशस्त्र प्रहरी बल बिओपी अलौका प्रमुखलाई लाखौं रुपैयाको प्रलोभन दिएपनि बिओपी ईन्चार्जले नमानेपछि  नकल्ली सिफारिसको कागज पत्रलिएर छोटाउन राजनीतिक दलका नेताहरुले सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काकहाँ गएपनि भैसी कुनै पनि हालतमा नछाड्ने  सशस्त्र प्रहरीको स्रोतले जनाएको छ।

पक्राउ परेको भैसी विरगंज भन्सार कार्यालय पैठाउन तयारी भईरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *