आज थपिए २ हजार ९७९ जना कोरोना संक्रमित, २८ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २३ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ९७९ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ९७९ जनामा कोरोना पुष्टि भएको हो ।

७ हजार ८ सय ३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ जनामा कोरोना पुष्टि भएको छ, भने ४ हजार ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३ सय ३३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने कोरोना संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *