आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २६ गते।

देशभर आज पनि मनसुनी वायुका कारण वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले शनिबार बिहान पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । आज बिहान काठमाडौँ उपत्यकाको मौसम भने हल्का बदली भएको छ । दिउँसोसम्म पानी पर्न सक्छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ ।

आज राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाले भारी वर्षाको सम्भावना सँगै पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *