सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २६ गते।

सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ ।

प्रजिअ रिजालका अनुसार जिल्लामा कोरोना संक्रमणको दर कामयमै रहेकाले निषेधाज्ञा थप गरिएको हो । ”जिल्लामा कोरोनाको अवस्था विश्लेसन गरेर थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ, नागरिकको समस्यालाई मध्यनजर गर्दै केही खुकुलो बनाएका छौं,” उनले भने ।

यो अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने प्रशासनले जनाएको छ ।

त्यस्तै खाद्यान्न पसललगायत अत्यावश्यक सामग्रीको पसल सञ्चालनका लागि बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।

होटल रेस्टुरेन्टहरुले क्षमताको ५० प्रतिशतसहित डेलिभरी सेवामार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाउँने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *