अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन २ गते।
अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ ।
जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।