लगातारको वर्षाले नदीहरुमा बाढीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २ गते।

जिल्ला प्रशासन कार्यालय रौतहटले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

सीडीओ इन्द्रदेव यादवद्वारा जारी सूचना मार्फत बागमती, लालबकैया नदीका साथै जिल्लाका सा–साना खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् । 

लगातारको वर्षाले जिल्लाको पूर्वी किनारमा बागमती र पश्चिममा लालबकैया नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले सतर्क रहन आग्रह गरेको सीडीओ यादवले बताए ।

मुसलधारे बर्षाको कारण  बागमती ,लालबकैया नदि तथा चाँदी लगायतका खोला तथा नदीमा पानीको सतह बढ्दै गएको उनले जानकारी दिए ।

जिल्लाका नदीहरुमा पानीको सतह बढेपछि जिल्लाको दक्षिणी भेगका गाँउहरु डुबानमा पर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *