अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,साउन ३ गते।
प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई धनुषावाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १० का २५ बर्षिय सन्तोषकुमार यादव रहेको छ ।
ज.३ प. २७७८ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट नाइट्राभेट–१० ट्याब्लेट १५ सय थान बरामद भएको छ । यादवले यो लागूऔषध मोटरसाइकलको सिटमुनि राखेको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
यस्तै उनले पिठ्यूँमा बोकेको झोलाभित्र चारमिनार मुम्कका (भांगको ट्याब्लेट) २४ प्याकेट, राजनिवास ३ प्याकेट र चक्कु १ थान समेत बरामद भएको उनले बताए ।
उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।