बीरगंज भन्सारको आर्थिक बर्ष २०७७-२०७८ लक्ष्यमा कमी

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,साउन ५ गते।

बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७७-२०७८ को एक बर्षमा लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ ।

भन्सार कार्यालयले गत आर्थिक बर्षको एक बर्षमा सरकारले दिएको लक्ष्य भन्दा  ७१ करोड ४ लाख ४४ हजार कम राजश्व असुली गरेको हो ।

नेपाल सरकारले गत आर्थिक बर्ष २०७७÷२०७८ को एक बर्षमा १ खर्व ७० अर्व ७६ करोड ५१ लख ४५ हजार लक्ष्य दिएकोमा बीरगंज भन्सार कार्यालयले १ खर्व ७० अर्व ५ करोड ४७ लाख १ हजार रुपैया मात्र राजश्व असुली गरेको छ । 

त्यसैगरी सरकारले बीरगंज भन्सार कार्यालयलाई भन्सार महसुल तर्फ ६५ अर्व ३४ करोड ९९ लाख ९० हजार राजश्व असुली गर्न लक्ष्य दिएकोमा ६४ अर्व ८२ करोड ७९ लाख ३ हजार ४ सय ४७ ?पैया मात्र असुली गरेको छ भने त्यसैगरी मुल्य अभिबृद्धी कर तर्फ ७१ अर्व १६ करोड ८९ लाख ६६ हजार राजश्व असुलीको लक्ष्य दिएकोमा ६१ अर्व ६० करोड ५० लाख १२ हजार १ सय ८४ रुपैया मात्र असुली गरेको छ भने त्यसैगरी अन्तशुल्क तर्फ २२ अर्व ४७ करोड ४८ लाख ८८ हजार रुपैया राजश्व असुलीको लक्ष्य दिएकोमा १८ अर्व ८५ करोड ४० लाख ७८ हजार ३ सय १२ रुपैया मात्र राजश्व असुली गरेको बीरगंज भन्सारका सुचना अधिकारी सुमित गुप्ताले बताएकाछन ।

त्यसैगरी बीरगंज भन्सार कार्यालयले पुर्वाधारकर तर्फ १० अर्व ३८ करोड २२ लाख ७१ ह्जार ?पैया असुली गरेको छ भने कृषी सुधार शुल्क कर तर्फ ११ अर्व ३९ करोड २४ लाख ४ हजार राजश्व असुली गरेको छ भने भन्सार निर्यात तर्फ ६ करोड ६६ लाख ७१ ह्जार रुपैया राजश्व असुली गरेको छ भने अन्य शिर्षकबाट १८ करोड २६ लाख २३ हजार रुपैया भन्सार राजश्व असुली गरेको छ ।

त्यसैगरी बीरगंज भन्सार कार्यालयले सब भन्दा बढी भन्सार राजश्व पेटोलियम पदार्थ, ठूला तथा साना सवारी साधन बस ट्रकका चेचिस, हवाई ईन्धन लगायतका सामान बाट सब भन्दा भन्सार राजश्व असुली गरेको सुचना अधिकारी गुप्ताले जनाएकाछन ।

बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७७-२०७८ को एक बर्षमा ९९ प्वाईन्ट ६ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको गुप्ता बताउछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *