अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ५ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ हजार १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ७ लाख २१ हजार ६१७पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ जना रहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।