अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,साउन ५ गते।
विराटनगरको बिजुली अफिस अगाडि एक जना पुरुष रोकिराखेको मोटरसाइकलमा मृत अवस्थामा फेला परेका छन् ।
को ४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने रहेको बताइएको छ।
शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर लगिएको छ । मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिए पनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
मृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिएका कारण घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।