झापाको गौरादह नगरपालिकामा आज रातिदेखि एक हप्ताका लागि ‘लकडाउन’

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,साउन १२ गते।

झापाको गौरादह नगरपालिकामा आज  रातिदेखि एक हप्ताका लागि ‘लकडाउन’ गरिने भएको छ।

कोभिड १९ नियन्त्रण सम्बन्धि सोमबार बसेको सर्वपक्षिय बैठकले साउन १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा रहेको, त्यसका नियन्त्रणका लागि र नजिकका पालिकाहरुमा गरेको बन्दाबन्दीलाई मध्यनजर गर्दै साउन १२ गते मंगलबारदेखि साउन १८ गते राती १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र आंशिक लकडाउन गर्ने निर्णय गरिएको गौरादह नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिए ।

बैठकले गौरादह नगरपालिका क्षेत्रभित्र साप्ताहिक हाटबजार पूर्णरुपले बन्द गर्ने निर्णय गरेको छ । यस्तै, औषधी पसल र दुध डेरी बाहेक अन्य पसल तथा व्यवसाय र तरकारी बजार समेत बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ ।

बैंक तथा बित्तिय संस्थाको हकमा भने बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *