आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १२ गते।

मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाले भारी वर्षा हुने देशका पहाडी  भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *