आजदेखि युएईले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश गर्न दिने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २१ गते।

आजदेखि युएईले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश गर्न दिने भएको छ।

युएईले आज बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

उनीहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ। त्यसरी प्रवेश गर्नेका व्यक्तिका हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *